NP EN

​गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गर्नुभयो । उहाँले कोषलाई गरिव र विपन्न वर्गाको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । 

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
  

सम्बन्धित