NP EN

१५ औं बर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज :प्रम ओली

काठमाडौं २१ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान  बदल्ने दस्तावेज भएको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषदको बैठकलाई  आज समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजना भएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकता दिएर उठाएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले यसै योजनाकालमा नेपालले अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुगने बताउनुभएको छ । “१५ औं पञ्चबर्षीय योेजनामा नेपालले धेरै उपलब्धी हासिल गर्दछ । सबभन्दा ठुलो कुरा अविकसित देशको सुचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो देशमा भएका शिक्षा,स्वास्थ्य,गरिबी,शुसाशन आदिका क्षेत्रबाट अविकसित देशको अ हटाउनेछौं । त्यस कारण यस योजनाले नेपालको परिचय बदल्दछ ।”



प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताउनुभएको छ । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउछ । समृद्धिसँगै सामाजिक न्याय र समानता उपलब्धी हुनसक्यो भने समाजवाद आउछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी राजनीतिक, आर्थिक,सामाजिक न्याय,समानता,उत्थान,विकास,मानव सुचकांक,वातवरणीय सजगता,साँस्ृकतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।”

प्रधानमन्त्री ओलीले   प्रष्तुत गरेको १५ औं पञ्चबर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ ।
 
 

सम्बन्धित