NP EN

प्रधानमन्त्रीसँग सातै प्रदेशका मूख्यमन्त्रीहरुको भेटघाट

काठमाडौं, २१ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मूख्यमन्त्रीहरुले आज विहान भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताउनुभएको छ । “कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि  कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंधाको कार्यन्वयन तदारुकताका साथ गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

सम्बन्धित