NP EN

कर्णालीको विकासलाई सरकारको उच्च प्राथमिकता : प्रम ओली

काठमाडौं, १२ चैत,प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का  कर्णाली प्रदेशका साँसदहरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताउनुभयो । “गतबर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ ।”



प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताउनुभएको छ । “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ  ।”

कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । “यहाँको खनिज,जलस्रोत,जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैसाखको पहिलो हप्ता भित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन साँसदहरुलाई निर्देशन दिनुभएको छ ।

सम्बन्धित