NP EN

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने

काठमाडौं, ३ चैत- प्रधानमन्त्री केपी शर्मा ओली आज  मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दिउँसो साढे ११ बजे मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको कृषि बजारको उद्‍घाटन गर्नुहुने कार्यक्रम छ । यसैगरी दिउँसो साढे १२ बजे  विराटनगरमा  प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरुलाई  सपथ गराउनुहुनेछ ।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे सुनसरीको  बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित