NP EN

प्रधानमन्त्री ओलीद्वारा भिक्षु अश्वघोषको स्वास्थ्य लाभको कामना

काठमाडौं, २९ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले  बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । 

आज अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई वहाँको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले आग्रह् गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने बताउनुभएको छ ।

९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक हुनुहुन्छ । वहाँ राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुनुहुन्छ । झाडापखाला,वान्ता आउने र रक्तचाप सम्बन्धी समस्या भएर वहाँ दुई साता देखि अस्पतालमा उपचाररत हुनुहुन्छ ।

सम्बन्धित