NP EN

शोकलाई शक्ति बदल्नुपर्छ : प्रम ओली

काठमाडौँ, २३ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुभएको छ ।

नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले  पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पु¥याउनुभएको योगदान स्मरण गर्नुभयो । 

प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाहरुको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गरिने र दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘उहाँहरुका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उहाँहरुले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेका छौँ ।’’ 


 
प्रधानमन्त्री ओलीले भरतमोहन मिलनसार, कडा शब्द प्रयोग गर्न नचाहने र काममा विश्वास गर्ने नेताका रुपमा आफूले पाएको बताउनुभयो । भरतमोहन छ दशकभन्दा नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी भएका नेताका रुपमा आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सजिलोमा मात्र नभई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर कम्युनिष्ट नेता र कार्यकर्ताका रुपमा उहाँ कम्युनिष्ट अभियन्ताका रुपमा लाग्नुभएको धारणा राख्नुभयो । 

प्रधानमन्त्री ओलीले रवीन्द्रले सम्हालेको मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका असाधारण एवम् काम बिर्सन नसकिने र कसैले उपेक्षा गर्न नसक्ने बताउनुभयो । उहाँले शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गर्नुभयो । उहाँले दिवङ्गत हुनुभएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई समृद्ध गर्ने रहेको र निष्ठापूर्वक काम गरेको बताउनुभयो । रासस

सम्बन्धित