NP EN

प्रधानमन्त्री ओली र बेलायती रक्षा साहायक मन्त्रीबीच भेटवार्ता

काठमाडौं,१० फागुन, प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा साहायक मन्त्री मार्क ल्यांकास्टरबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा ब्रिटिस गोर्खाहरुको बिषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो । “ ब्रिटिस गोर्खाहरुको बिषयमा वहाँहरुले जुन एउटा टेक्निकल कमिटी बनाएर रिर्पोट तयार गर्नुभएको छ । त्यसको बारेमा वहाँहरुले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ” सल्लाहकार डा.भट्टराईले भन्नुभयो “टेक्नीकल कमिटीले कसरी काम ग¥यो । अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं । ति प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं । यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं भन्ने वहाँहरुको भनाइ थियो । ”

प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलन बारे पनि ल्यांकास्टरलाई जानकारी गराउनु भएको छ । वहाँहरु बीच ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको डा.भट्टराईले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री ओली र अष्टी«याका विदेश मन्त्री केरिन क्नाइसल बीच पनि शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका बिषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिनुभयो । “अष्ट्रियाको भूगोल र नेपालको भूगोल उस्तै भएकोले त्यहाँ प्रयोग गरिएको प्रविधि हामीकहाँ पनि उपयुक्त हुन्छ ” भट्टराईले भन्नुभयो “खासगरी विद्युत र केवुलकार निर्माणका बिषयमा वहाँहरु बीच छलफल भएको छ ।"

सम्बन्धित