NP EN

प्रदेश सांसद वलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, १० फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टी पंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
 
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट वहाँ विजयी हुनुभएको थियो । केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद  वलीको  ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।  वहाँको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
 

सम्बन्धित