NP EN

नेकपा एकतावद्ध रुपमा अघि बढेको छ : प्रम ओली

धनगढी ८ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताउनुभएको छ ।

सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको बिशेष भेलालाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी  र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पार्नुभयो । “पार्टी एकिकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ । “वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कतिपयले एउटै जंगलमा दुईटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ । “धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिंउ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र,अरु धेरै क्षमतावान नेता भएको पार्टी हो । यसले नै देशलाई सही दिशामा अघि बढाउदछ् ।”

प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताउनुभएको छ ।

सम्बन्धित