NP EN

प्रधानमन्त्री ओलीद्वारा सहजपुर –बोग्टान सडक शिलान्यास

डोटी, ७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले सहजपुर –बोग्टान सडकको आज शिलान्यास गर्नुभएको छ ।

डोटीको विपीनगरमा प्रधानमन्त्री ओलीले सो सडकको उद्ध्घाटन गर्नुभएको हो । 

सडक उद्ध्घाटनपछिको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डोटीको विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । “यो ऐतिहासिक डाटेली सभ्यता भएको जिल्ला हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यहाँको सडक,विद्युत,शिक्षा,स्वास्थ्यमा सरकार सधैं सकारात्मक छ ।”



विद्युतिकरणका लागि यहाँका स्थानीय बासिन्दाहरुले १० करोड रुपैंया माग गरेकोमा जनताको त्यो माग अनुसार विद्युतिकरण सुरुवात गर्न प्रधानमन्त्री ओलीले साथमै रहेका उर्जा मन्त्री बर्षमान पुनलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले दुर्गमको बसोबासलाई स्थानान्तरण गरेर सुविधायूक्त एकिकृत बस्ती निर्माण गरिने बताउनुभएको छ । “छरिएको बस्तीमा सबै सुबिधा पुर्‍याउन सकिदैन । त्यसकारण सरकारले एकिकृत बस्तीको कार्यक्रम ल्याएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

डोटीबाट कैलाली जोड्ने यो सडकको लम्बाइ  ५० किलोमिटर छ । २ अर्ब ३७ करोड ९४ लाख रुपैंयाको लागतमा निर्माण हुने सडक आगामी ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

सम्बन्धित