NP EN

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली

काठमाडौँ, ७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ ।
 
उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नुभयो ।
 
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’’
 
निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर छौँ”, उहाँले भन्नुभयो ।
 
यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ ।’’
 
सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।”
 
प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित ग¥यौँ । प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।’’ रासस
 
मन्तव्यको पूर्ण पाठ यस प्रकार छ 
 

 

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूबाट भएको सम्बोधन

२०७५ फागुन ७

नेपाली सैनिक मञ्च, टुँडिखेल, काठमाण्डौं ।

 

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधान न्यायाधीशज्यू,

सम्माननीय सभामुखज्यू,

सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,

माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु

विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु,

विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु । 

१. २००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकतावद्ध संघर्षबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य गरेका थियौं । त्यस गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक वर्ष प्राजतन्त्र दिवस मनाउँदै आएका छौं । आज हामी ६९ औं प्रजातन्त्र दिवस मनाइरहेकाछौं । 

प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघषमा आपूmलाई वलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।

म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु । 

आजको दिन प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत् आन्दोलनमा आफूलाई समाहित गर्ने वीर÷विरङ्गनाहरुको स्मरण गर्ने दिन हो । आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो । साथै, आजको दिन विगतमा भए÷गरेका की कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न सङ्कल्प गर्ने दिन पनि हो ।

२. नयाँ संबिधान जारी भएपछि आयोजना गरिएको आम निर्वाचन पछि बनेको यस सरकारले भरखरै आप्mनो कार्यकालको एक वर्ष पूरा गरेको छ । सो सन्र्दभमा, गएको फागुन २ गते गरिएको सम्बोधनमा मैले सरकार सञ्चालनका अनुभव र भएका प्रगतिको बारेमा मेरा धाराणा सार्वजनिक गरेको थिएँ । 

सरकार सञ्चालनको यस बर्षलाई आधार बर्षको रुपमा मैले चर्चा गरेको थिएँ । र, त्यो आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई उल्लेख गरेको थिएँ । सरकारले एक वर्षमा पूरागर्नु पर्ने प्राथमिक अभिभाराहरु यिनै थिए ।

३. अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको छ । द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनायो । आप्mना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ । अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ ।

४. मैले यसअघि पनि भनेको छु, अहिले हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं । जनताको सार्वभौमसत्ता कायम भएको पहिलो राजनीतिक परिवर्तनपछि सात दशकमा अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेका छौं । अबको हाम्रो यात्रा  सुशासन र विकासतर्फको हो, जुन मार्गमा हामीले तीव्र गतिका साथ अघि बढ्नु छ । 

परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं । आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने  दिशामा अग्रसर छौं । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं । 

५ं यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ । लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं । यसका लागि म हार्दिक अभार व्यक्त गर्न चाहन्छु । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलन मार्फत विकास अभियानमा पनि पनि सहकार्य हुने मैले अपेक्षा गरेको छु ।

६. देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएका छन् । जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय छन् । यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन् । राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन् । यस्ता गतिविधि गर्नेहरु बिरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ । म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हँुदैन ।

७. प्रजातन्त्रको लागि भएको लामो संघर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित ग¥यौं । आजको यस विशेष अवसरमा म पुनः एक पटक नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको स्मरण गर्न चाहन्छु । र, दशकौं देखिको हामी नेपालीको विकास र समृद्धिको अटूट सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्दछु । 

लोकतन्त्र अमर रहोस । 

धन्यवाद ।

२०७५ फागुन ७ गते

सम्बन्धित