NP EN

​विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सुगम बनाइनेछ : प्रम ओली

काठमाडौं,४ फागनु : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने बताउनुभएको छ । डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताउनुभएको छ । “डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताउनुभएको छ । “पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो– “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”





 

सम्बन्धित