NP EN

लगानी मैत्री वातावरण बनाउन सरकार तयार : प्रम ओली

काठमाडौं, १८ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी मैत्री वातारवरण बनाउनका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

आज कुटनीतिक नियोगका प्रतिनिधीहरुलाईसँगको संक्षिप्त अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरणका लागि कानुनमा सुधार गर्ने काम भइरहेको बताउनुभएको छ । “लगानी मैत्री वातावरणका लागि कानुन सुधारका काम भइरहेका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “खासगरी लगानी मैत्री वातावरण,लगानीको सुरक्षामा हामी गम्भिर छौं ।”

प्रधानमन्त्री ओलीले नेपालको विदेश मामिला नेपालको हितका लागि भएको बताउनुभएको छ । “ हामी राष्ट्रिय हितलाई  पनि ख्याल गर्छौं र मित्र राष्ट्रहरुको संवेदनशिलतालाई पनि ख्याल गर्छौं” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

कार्यक्रम परराष्ट्र मन्त्रालयले होटल अन्नपूर्णमा आयोजना गरेको हो ।

सम्बन्धित