NP EN

बालबालिकाको हक हितका लागि सरकार सकारात्मक : प्रम ओली

झापा १७ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बालबालिकाको हक अधिकार र शिक्षाका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।  

झापाको दमकमा आयोजित वृहत्त बाल महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई अनिवार्य विद्यालय पठाउनका लागै यसै शैक्षिक बर्षदेखि विद्यालय भर्ना अभियान वृहत्त रुपमा सञ्चालन गरेको बताउनुभएको छ । “आगामी दुई बर्षभित्र कोही पनि बालबालिका विद्यालय बाहिर हुदैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब नेपालबाट निरक्षरता उन्मुलन हुन्छ ।” 

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासल गर्नका लागि बालबालिकामा लगानी गर्नुपर्नेमा सरकार विश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले सरकारले सन्तुलित परराष्ट्र नीति लिएको बताउनुभएको छ । “इतिहासमा पहिलो पटक नेपालले छिमेकी मुलुकहरुसँग समान हैसियतको सम्बन्ध स्थापित गरेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो  आफ्नो “वर्तमान सरकार सञ्चालन भएको छोटो समयमा नै नेपालले अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक स्थान बनाएको छ  ” प्रधानमन्त्री ओलीको भनाइ छ । 
 

सम्बन्धित