NP EN

प्रधानमन्त्रीद्वारा भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना

काठमाडौँ, १२ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भारतका प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको छ । 

सन्देशमा उहाँले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । 

सम्बन्धित