NP EN

संस्थाहरु राजनीति पिडित हुनुहदैन : प्रम ओली

काठमाडौं,२४ पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि संस्थाहरु राजनीतिबाट पिडित हुनु नुहने बताउनुभएको छ ।

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको दोस्रो सभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले कतिपय संस्थाहरुमा अति राजनीतिकरणले तिनीहरु धरासायी भएको बताउनुभएको छ । “कुनै पनि संस्थालाई राजनीति पिडित हुनबाट जोगाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “संस्थालाई उभो लगाउन योग्य मानिसहरु प्रतिष्पर्धाबाट ल्याउने गर्नु पर्दछ ”

प्रतिषठनका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले सबैलाई निशुल्क पठन पाठन गराउने कुरा उपयुक्त नभएको बताउनुभएको छ । “सक्नेसँग शुल्क लिने हो नसक्नेलाई निशुल्क पढाउने हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबैलाई एउटै नियम लागु हुदैन ।”

आफूले काम गरेका ठाउँबाट मासिक रुपमा हरेक कर्मचारीले तलब पाउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “कर्मचारीले नियमित तनाखा नपाउने अवस्था आउनु हुदैन । यसले कर्मचारीको मनोवल गिराउदछ  ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सम्बन्धित