NP EN

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको हो । प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रिय भएको बताउँदै तर नेपालीहरु एकताले त्यस्ता तत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख गर्नुभएको छ । “हामी लामो समय राजनीतिक हक अधिकार प्राप्तीको संघर्षम होमिनु पर्दा देशले विकासको गति लिन सकेन । जनताले अभाव,अशिक्षा र गरिबी भोग्नु पर्‍ यो,” प्रधानमन्त्रीले भन्नुभएको छ, “मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं । सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समातामुलक समाज हाम्रो एकमात्र लक्ष्य हो ।” 

सम्बन्धित