NP EN

आन्दोलन सफल हुने उपलब्धी संरक्षण नहुने अवस्था अन्त्य हुन्छ ः प्रम ओली

काठमाडौं, ११ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दल (संघीय संसद र राष्ट्रिय सभा)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धीको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धी संस्थागत भएन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “२०६२/०६३ को जनआन्दोलनका उपलब्धीलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिसहरु छन् । तिनको मनशाय पुरा हुन दिनुहुँदैन । ”

प्रधानमन्त्री ओलीले यो विधयक अधिवेशन भएकोले सरकारले संसदमा पेश गरेका विधयकहरुको गहन अध्ययन गर्न  र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । “विधयकहरु पारित भएपछि कानुनको रुपमा आउछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस । पार्टी नीति  र सिद्धान्त अनुसार आफ्ना कुराहरु राख्नुहोस ।”

प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशन दिनुभएको छ । “सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रीहरुले पनि माननीयहरुलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस । ”

तस्विर: रासस

सम्बन्धित