NP EN

तराइ मधेसका समस्या समाधान गर्न सकारात्मक छु : प्रम ओली

काठमाडौं, १० पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका समस्या समाधान गर्न  आफू सकारात्मक रहेको बताउनुभएको छ ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।  

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ,नेपाली काँग्रेस,राजपा र संघीय समाजवादी फोरमलाई  राष्ट्रिय पार्टीके मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकोले सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्” प्रधानमन्त्री ओलीले नेताहरुलाई भन्नुभयो “हामीले सानातिना कुरामा नअल्झि देश निर्माणमा लाग्नु पर्दछ । मधेसको सामाजिक विकास,समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।”

 प्रधानमन्त्री ओलीले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको बताउनुभएको छ । “अब हिजो कै विषयमा बादविवाद गरेर हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ ढंगले सोचौं । नयाँ ढंगले अघि बढौं ।” 

 राजपाले उठाएका मागहरुमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पुरा गर्ने  आफू प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।

भेटमा राजपाका नेताहरु महन्थ ठाकुर,राजेन्द्र महतो,महेन्द्र राय यादब,शरदसिंह भण्डारी,अनिल झा र राजकिशोर यादव हुनुहुन्थ्यो ।

सम्बन्धित