NP EN

योमरी पुन्हि नेपालको मौलिक पर्व : प्रम ओली

काठमाडौं,७ पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति भएको उल्लेख गर्नुभएको छ ।

योमरी पुन्हि (ज्यापु दिवश )का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । 

योमरी पुन्हिलाई  राज्यले पनि उच्च महत्व दिंदै चौध वर्ष अघि ज्यापु दिवशको घोषणा गरेको हो । नेपाल बुहजातीय,बहुधार्मिक बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातीका विविध संस्कृतिले नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले ज्यापु संस्कृति विकास कोषले नेपालका मौलिक चाड–पर्व र जात्रा मनाउँदै भेषभूषा, वाजा गाजा, रीति रिवाज लगायत साँस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकामो प्रशंशा गर्नु भएको छ । 
 

सम्बन्धित