NP EN

देश निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रम ओली

काठमाडौ ५ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”



प्रधानमन्त्री ओलीले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले ठिक ढंगले काम गरिरहेको बताउनुभएको छ । “हामी समयलाई गाल्ने पक्षमा छैनौ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “पाँचबर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”

सम्बन्धित