NP EN

जनअपेक्षा अनुसार सबैले काम गर्नुपर्दछ : प्रम ओली

काठमाडौं,५ मंसिर, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“देशको परिस्थिती,जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ । ति अपेक्षा पुरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनाव मार्फत पठाएर आएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस अभिभारा र अपेक्षालाई पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन ।” देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर,पनि,यदी ’ जस्ता शव्द  प्रयोग गरेर उम्कन नपाउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहेस” मन्त्री र सचिबहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “आफ्ना कमजोरीहरुलाई तर्कको लिउनले कसैले पनि टाल्न नखोज्नुहोस ।”

सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा,पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गर्नुभयो । “एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने,सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रिपरिषदबाट ढिलासुस्ती भएको छ भने भन्नुहोस । मन्त्री,सचिबको ढिलासुस्ती छ भने भन्नुहोस । ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ । अब कहिंपनि ढिलासुस्ती स्वीकार्य छैन ।”

केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्त     रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनीहरु लोकतन्त्रका आधारहरु माथी असभ्य ढंगले प्रष्तुत भएका छन् । “हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई  गराउने गरी काम गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्दछ । जनता निरशा भए भने  देशका लागि घातक हुन्छ ।”



आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिब मधुसुधन अधिकारी, सञ्चार तथा  सुचना  प्रविधि मन्त्तालयका सचिब  सचिब महेन्द्रमान गुरुङ, उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिब संजय शर्मा र अनुप कुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिब युवकध्वज जिसी र  प्रकाश माथेमा, उद्योग,वाणिज्य तथा आपूर्ती सचिब यामकुमारी खतिवडा र  चन्द्र घिमिरे,सहरी विकास मन्त्रालयका सचिब रमेश कुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिब अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गर्नुभएको छ । 

प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगति विवरण लिने क्रम भोली पनि जारी रहनेछ ।



   

सम्बन्धित