NP EN

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई, प्रमुख स्वकीयमा भण्डारी

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य डा. राजन भट्टराई नियुक्त हुनुभएको छ । 

२५ कात्तिक साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टराईलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो । उहाँ माधव नेपाल प्रधानमन्त्री भएका बेला पनि परराष्ट्र सल्लाहकार भएर काम गर्नुभएको थियो ।

यसैगरी प्रमुख स्वकीय सचिवमा नेकपा प्रदेश समन्वय कमिटी प्रदेश नं. १ का अध्यक्ष ईन्द्रप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । भण्डारी प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सोही पदमा कार्यरत हुनुहुन्थ्यो । 

 

सम्बन्धित