NP EN

फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय : प्रम ओली

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ । सुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते  पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाइ लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठुलो योगदान ग¥यो ।’

फाल्गुनन्दले समाज सुधारका लागि दिनु भएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गर्नुभएको छ । फाल्गुनन्दले अहिंसात्मक अभियान समेत सञ्चालन गर्नुभएको जसले समाजमा शान्ती कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको सुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । 

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले  फाल्गुनन्दलाई  प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् । प्रधानमन्त्री ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई  सार्वजनिक विदा दिन सुरुवात गरिएको हो । 
 

सम्बन्धित