NP EN

​शंखधर साख्वा न्याय र समानताका अभियान्ता : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक,राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गर्नुभएको छ ।नेपाल संवतको नयाँ बर्ष  ११३९का अवशरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको उल्लेख गर्नुभएको छ । शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा  उल्लेख छ । 

प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गर्नुभएको छ । “शंखधर शाख्वाःले ११३९ बर्ष अघि ऋणमा बाँधिएका गरिव किसानहरुलाई आफ्नै सम्पती खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक बर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्न समेत यो संवतले हामीलाई झक्झक्याउदै आएको छ ।”

शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । “काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक,समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु” प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।


 

सम्बन्धित