NP EN

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौं १६ कात्तिक,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्कनु भएको छ ।कात्तिक १२ गते वहाँको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी  भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण  तथा शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको  उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि  निवास फर्कन अनुमति दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्त कुमार दाश सम्मिलित समुहले उपचार गरेको थियो । 

प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गर्नुभएको छ  । यसैगरी  प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने  पार्टी नेता,कार्यकर्ता,कर्मचारी,सुरक्षा निकाय,शुभचिन्तक सबैलाई धन्यवाद दिनु भएको छ । 


 

सम्बन्धित