NP EN

प्रधानमन्त्री ओली अस्पताल भर्ना ,स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं १२ कातिक,प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण देखिएपछि आज विहान साढे ४ बजे त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
 अस्पतालले विहान जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको छ । यसैगरी शरिरमा चिनीको मात्रा असन्तुलित देखिएकोले वहाँलाई अस्पताल भर्ना गर्नु परेको हो । “उहाँको स्थास्थ्य स्थीतीमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहको अनुरोध गर्दछौं” अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख छ ।

अस्पतालले अपरान्ह ५ बजे अर्को विज्ञप्ती प्रकाशन गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारेमा जानकारी गराउने डा.श्रेष्ठले बताउनुभयो ।
 यसैबीच प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि उहाँकोे स्वास्थ्य स्थिती बुझ्न र स्वास्थ्य लाभको कामना गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,बरिष्ठ नेता माधव कुमार नेपाल,झलनाथ खनाल मन्त्री,मुख्य मन्त्री,नेता कार्यकर्ता तथा सर्वाधरणको भिड अस्पतालमा छ । 
   यसैबीच आज साँझ काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

सम्बन्धित