NP EN

​प्रधानमन्त्रीद्वारा ’बिजुली बस’को उद्घाटन

काठमाण्डौ । प्रधानमन्त्री  के. पी. शर्मा ओलीले सरकारले विधुतीय यातायातको सोच मात्र अघि बढाएको होइन, त्यस सम्बन्धमा राष्ट्रिय कार्ययोजना समेत प्रस्तुत गरेको छ भन्ने बताउनु भएको छ । आज विहान साझा यातायात परिशर पुल्चोक, ललितपुरमा पाँच थान विजुली वसको सुरुवात गर्दै उहाँले भन्नु भयो, यी बसहरु देशव्यापी रुपमा स्वच्छ उर्जातर्फ सबैको ध्यान तान्न सक्षम हुने छन भन्ने विश्वास मैले लिएको छु । हामीले आधारभूत रुपमा लोड सेडिङको अन्त्य गरेका छौं, आगामी केही वर्षमै जलविद्युतमा हामी स्वनिर्भर हुनेछौं भन्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नु भयो, वातावरण र जनस्वास्थ्यलाई हानि पु¥याउने जीवाष्म इन्धनको ठाउँमा आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युतको प्रयोगले हाम्रो अर्थतन्त्र, वातावरण र जनस्वास्थ्य सबैतिर सकारात्मक परिवर्तन ल्याउने छ, सबैलाई लाभ पुग्ने नै छ । 



सार्वजनिक यातायातमा विजुली बसको प्रयोगबाट आयात गरिने, महंगिदै गएको र सर्वत्र महंगी बढाउन योगदान गर्ने पेट्रोलियम पदार्थलाई आफ्नै विधुतबाट चल्ने सवारी साधनले विस्थापित गर्दै जाने बताउँदै उहाँले भन्नु भयो, विधुतीय सवारी साधन आयात गरेर मात्रै हाम्रा लक्ष्यहरु पूरा हुँदैनन्, यसको उत्पादन उधोग पनि नेपालमा खोल्ने दिशामा सोच्नु पर्दछ, जसका लागि निजी क्षेत्रको संलग्नता आवश्यक छ ।  

त्यस अवसरमा उहाँले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गर्दै भन्नु भयो, विद्युतीय सवारी साधन प्रवध्र्दनका लागि अब छुट्टै एकाइ गठन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । 



 

सम्बन्धित