NP EN

प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ, २ कात्तिक , प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ

यसैगरी प्रधानमन्त्री ओलीले दिउसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण गर्नुभएको छ । त्यस्तै दिउसो ३ बजे देखि  प्रधानमन्त्री ओलीले मन्त्री,दलका नेता,उच्च पदस्थ कर्मचारी र सर्वसाधरणलाई टिका लगाइदिुन भएको छ । रासस

तस्विर : अनलाइन खबर डट कम

सम्बन्धित