NP EN

शान्ति स्थापना गर्ने अभियानमा नेपालको भूमिकाबारे छलफल

न्यूयोर्क, १२ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । 

उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज विज्ञप्ति प्रकाशन गरी जनाएको छ । उहाँहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहो¥याउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो ।  (विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपालीरासस)

सम्बन्धित