NP EN

​प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, ९ असोज, प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी हुनुभएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा उक्त स्वागत समारोह आयोजना गर्नुभएको हो । (विषेश प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली–रासस)

सम्बन्धित