NP EN

​प्रधानमन्त्री ओलीद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं ३ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका सहिदहरुप्रति हादिक श्रद्धाञ्जली अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीहरुप्रति हार्दिक आदर व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशामात्रै होइन मान्यता र सिद्धान्तलाईसमेत समेटेको उल्लेख गर्नुभएको छ । ‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,’ उनले भने, ‘त्यसैले उल्लासमय वातावरणमा देशभरी नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौं ।’

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।


सम्बन्धित