NP EN

​निर्माण व्यवसायीको काँधमा देश निर्माणको जिम्मा : प्रधानमन्त्री ओली

काठमाडौं, ३० भाद्र, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यावसायीको काँधमा देश निर्माणको जिम्मा रहेको बताउनुभएको छ । तत्कालिन नेकपा(एमाले) निकट नेपाल निर्माण उद्योग परिषद र तत्कालिन नेकपा –माओवादी केन्द्र) निकट नेपाल राष्टिय निर्माण व्यवसायी संगठनको एकता घोषणा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

देशले राजनीतिक संघर्षको युग पार गरेर  अब विकासको युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “समृद्ध नेपाल निर्माणको जिम्मा अब तपाईंहरुमा छ” प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीहरुले क्षमता भन्दा बढीको काम जिम्मा लिएर विकास निर्माण कार्यलयलाई अलपत्र बनाउनु नुहने बताउनुभएको छ ।

“दुई वटा काम गर्ने क्षमता भएकोले १० वटा काम ओगट्ने र निर्माण कार्य अस्तव्यस्त पार्ने शैली अब सरकारलाई सैह्य हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सक्नेजति काम लिनुहोस । गुणस्तरीय काम गर्नुहेस र फेरी नयाँ काम लैजानुहोस ।” 



निर्माणको टेण्डरमा न्यून अंकमा दाबी गर्ने र कमसल काम गर्ने प्रथाको अब अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “अस्वस्थ्य प्रतिष्पर्धाका लागि न्यून अंकमा कबोल गर्ने र कमलसल निर्माण गर्नेहरु कारबाहीका भागिदार हुन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ता कमसल निर्माणलाई पनि ठिक छ भनेर सदर गर्ने इन्जिनियर वा अन्य सरकारी कर्मचारीलाई कारबाही गरिन्छ । त्यस कामका लागि अनुगमन माथी थप अनुगमन हुन्छ ।”

निर्माण व्यवसायीहरुले उठाएका जायज माग सरकारले पुरा गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “तपाईंहरुका वास्तविक समस्या सरकार सुन्छ । खरिद ऐन,निर्माण सामग्री समयमा उपलब्ध गराउनेकुरा,समयमा रकम प्राप्त नहुने समस्या अब झेल्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “तपाईंहरुले काम गर्दा गर्दै कुनै योजना पुरा हुन विलम्ब भएको भए त्यसको बिषयमा सरकारले विचार गर्छ ।” 

दुई संगठन एक भएर नेपाल निर्माण व्यवसायी संगठन गठन गरिएको छ । भेलाले यक्षध्वज कार्कीको संयोजकत्वमा ९९ सदस्यीय तर्दथ समिती गठन गरेको छ ।
 

सम्बन्धित