NP EN

नेपालको कम्यूनिष्ट आन्दोलन एकतावद्ध भएको छ : प्रम ओली

काठमाडौं,३० भदौ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्यूनिष्ट आन्दोलन एकतावद्ध भएको बताउनुभएको छ । नेकपाका नेता पोष्ट बहादुर बोगटीको चौथो स्मृति दिवश तथा पुस्तक विमोचन कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अब पनि नेपालको कम्यूनिष्ट आन्दोलनलाई एकिकृत भएको नदेख्नु स्वभाविक नभएको बताउनुभएको छ । “कसै कसैले कम्यूनिष्ट नाम गरेको पार्टी निर्वाचन आयोगमा दर्ता गरेका होलान् ,त्यसका आधारमा कम्यूनिष्ट आन्दोलन एकिकृत छैन भन्नु स्वभाविक होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाली जनताको सुख र समृद्धिको चाहना पुरा गर्न पनि कम्यूनिष्टहरु एक हुनुपथ्र्यो । त्यो पुरा भएको छ । ”

प्रधानमन्त्री ओलीले पार्टी भित्र कुनै पनि अन्तरविरोधलाई चर्कन दिनु नहुने बताउनुभएको छ । पार्टी एकता के का लागि भएको भनेर सबैले चिन्नु र्ने बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो “पार्टी एकतालाई प्रयोग गर्न जाने श्रीखण्ड नजाने खुर्पाको विंड हो । अब यसलाई के बनाउने हामीले अहिले नै सोच बिचार पु¥याउनु पर्दछ । ”



प्रधानमन्त्री ओलीले स्वर्गीय बोगटीले नेपालको कम्यूनिष्ट आन्दोलनमा निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ । “पोष्टबहादुरजी अहिलेसम्म बाँच्नु भएको भए सबभन्दा धेरै खुशी हुनुहुन्थ्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट आन्दोलन एक भएको हेर्ने वहाँको ठुलो धोको थियो ।”

 प्रधानमन्त्री ओलीले सही दिशा,सही नीति,सही व्यवहार विना कम्यूनिष्ट आन्दोलन सफल नहुने बताउनुभएको छ । “जब हाम्रा विचारहरु सही हुदैनन्,नीतिहरु सही हुदैनन् तव सहिदका सपना पुरा हुदैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण हामीले सही नीति र विचार लिएर अघि बढ्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले  सबै नेता कार्यकर्ताले जनताको आसा जगाउने काम गर्नु पर्ने बताउनुभएको छ । पार्टी एकता विरुद्ध लागेकाहरुलाई परास्त गर्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ता पात्र र प्रवृति चिन्नु पर्दछ र तिनको प्रतिकार गर्नुपर्दछ ।”

कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोगटीका बिचार नामक पुस्तकको विमोचन गर्नुभएको छ ।
 

 

सम्बन्धित