NP EN

नेपाल नयाँ यात्रामा अघि बढेको छ : प्रम ओली

काठमाडौं २९ भदौ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ यात्रामा अघि बढेको बताउनुभएको छ । कारोवार दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले लामो राजनीतिक संक्रमणपछि आर्थिक र विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको छ । “लामो राजनीतिक संक्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी  आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।”



प्रधानमन्त्री ओलीले नेपालका अधिकांस जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकिकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक रहेको बताउनुभएको छ । “नेपालको कृषि र  पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताह्रुलाई आग्रह गर्नुभएको छ । “नेपालमा अहिले लगानीको वातावरण बनेको छ । विदेशी लगानीकर्ताहरुलाई पनि म ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।  
 

सम्बन्धित