NP EN

​तत्कालका लागि चिनी आयात रोकिन्छ : प्रम ओली

काठमाडौं २२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि चिनी आयात रोकिने बताउनुभएको छ । उखु उत्पादक किसान संघ र चिनी मिलका प्रतिनिधिहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पाकिस्तान लगायतका देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशको चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । “नेपालको चिनी बिक्री नभएपछि किसानले उखुको पैसा पाएनन् भनिएको छ । नेपालमा चिनी मिलमा प्रशश्त चिनी मौजदात भएकोले तत्काललाई चिनी आयात गर्ने कुरा रोकिन्छ । जसले गर्दा हामीसँग भएको चिनी बजारमा जान्छ र किसानले उखुको पैसा पनि पाउछन् ।” 



प्रधानमन्त्री ओलीले चिनी मात्र हैन आागमी मौसम देखि अुख पनि आयात गर्न नपाइने बताउनुभएको छ । “भारततिरको उखु किन्ने अनि नेपाली किसानको उखु खेत मै सुकाउने कुरा अब हुदैन । यस पटक देखि उखुको निर्यात पूर्ण रुपमा रोकिन्छ । मिल सञ्चालकले उखु किन्दिन भन्न पनि पाउने छैनन् ।”

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा,उद्योग तथा आपूर्ती मन्त्री मातृका यादव,कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल,म्नत्रलायका सचिबहरु र चिनी मिल सञ्चालक र उखु किसानहरुको उपस्थिती थियो । 
 

सम्बन्धित