NP EN

प्रधानमन्त्री ओली र श्रीलंकाका राष्ट्रपति सिरीसेनाबीच शिष्टाचार भेट

काठमाडौं, १६ भदौ, प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बीच आज शिष्टाचार भेट भएको छ । अपरान्ह सोल्टी होटलमा भएको भेटमा प्रधानमन्त्री ओलीले विमस्टेकको अध्यक्ष चयन हुनु भएकोमा सिरीसेनालाई बधाइ ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ “तपाईंको कार्यकालमा विमस्टेकले यस क्षेत्रका मुलुकको हितमा थप काम गर्न सकोस । मेरो शुभकामना छ ।” राष्ट्रपति सिरीसेनाले अनेकौं प्रतिकुलताका बीच पनि विमस्टेकका चौथो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

भेटमा दुई देशको  आपसी हितका बिषयमा पनि कुराकानी भएको छ ।

सम्बन्धित