NP EN

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रम मोदीलाई लुम्बिनी भ्रमणको निमन्त्रणा

काठमाडौं,१५ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण लागि निमन्त्रणा गर्नुभएको छ ।

आज पशुपति धर्मशालाको उद्ध्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताउनुभएको हो । भारतीय राजदुतावासको सहयोगमा गौशालामा निर्माण  भएको  धर्मशालाको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्ध्घाटन गर्नुभएको हो ।

“तपाईंको लुम्बिनी भ्रमणबाट गरे बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धिजमको मुहानको रुपमा विश्वव्यापी रुपमा चिनाउन  थप मद्धत मिल्नेछ” प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भन्नुभयो “ तपाईंको अघिल्लो पटकका जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान गरेको छ ।”



प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भन्नुभयो “तपाईंलाई लुम्बिनी भ्रमणको निम्ता छ । यहाँको लुम्बिनी भ्रमण चाँडैहोस ।”

मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गर्नुभएको छ । “मोदीजीको लगातारको नेपालको भ्रमणको अर्थ हाम्रो आत्मीय सम्बन्ध अझ मजवुद हुुदैं गएको रुपमा बुझ्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रधानमन्त्री भएपछि म पनि भारत भ्रमण गएं । यसले हाम्रो आपसी सम्बन्धलाई र दुई देशको मित्रता गाढा भएको रुपमा बुझ्नु पर्दछ । ”

यस अघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्ध्भावका कुरा क्रमश व्यबहारमा देखिएकोमा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस अघिका भ्रमणमा देखाउनु भएको सद्ध््भाव र मित्रता अहिले प्रकट भइरहेको महसुष गरेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शीखर सम्मेलन (विमस्टेक)को चौथो सम्मेलनमा सहभागी हुने क्रममा  भारतीय प्रधानमन्त्री मोदी हिजो काठमाडौं आउनुभएको हो ।

सम्बन्धित