NP EN

वर्तमान सरकासँग जनताले ठुलो अपेक्षा गरेका छन् : प्रम ओली

काठमाडौं,११ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारसँग  जनताले ठुलो अपेक्षा गरेको बताउनुभएको छ ।  विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंग आज बिहान बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न लामो समय नलिने स्पष्ट पार्नुभयो । “संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको काम गराइ पुरानो शैलीको भएकोले यसमा निखार ल्याउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीको  “ठोकेर खिया झार्नु भन्दा लुव्रिकेन्ट हालेर राज्यका संयन्त्रहरुलाई चलायमान बनाइन्छ ।”

प्रधानमन्त्री ओलीले अहिले चर्चामा आएका कानुन र विधयक धर्मशास्त्र  नभएकोले कहिंकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन हुने बताउनुभएको छ  । 

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारको विरुद्धमा रहेको बताउनुभएको छ । भ्रष्टाचार र अनियमितताप्रति कठोर हुने बताउंदै प्रधानमन्त्री ओलीले भन्नुभयो “कसैले भ्रष्टाचार गरेको प्रमाणबाट पुष्टी भयो भने कतैबाट देखें भने कसैको अनुहार हेर्दिन । व्यबहार हेर्छु । नातागोता,आफन्तवाद,कृपावाद,सामिप्यवाद केही चल्नेवाला छैन ।”

प्रधानमन्त्री ओलीले  आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकोले  विमस्टेकलाई प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ । “ विमस्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुदैन । प्रभावकारी हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सम्पादहरुसंग भन्नुभयो “देखेको कुरा लेख्नुहोस,लागेको कुरा लेख्नुहोस तर जनतालाई निराशा नछाओस भन्ने कुरामा  सचेत भइदिनुहोस  ।”

सम्बन्धित