NP EN

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिदैन : प्रम ओली

काठमाडौं १० भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताउनुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । “विशवविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ” प्रधानमन्त्ती ओलीले भन्नुभयो “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ ।  ”

सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । विशव विद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । 

सम्बन्धित