NP EN

​समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको छ : प्रम ओली

काठमाडौं,९ भदौ,प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताउनुभएको छ । आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाइ आत्मसात गरेर सरकार अघि बढीरहेको बताउनुभएको छ । “सरकार केवल राजनीतिक लक्ष्यमात्र निर्धारण गरेर मात्र समुन्नत समाज,साँस्कृतिक मर्यादाहरुलाई समेत समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट,बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्धि विकास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।



प्रधानमन्त्ती ओलीले जननतो भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको बताउनुभएको छ । “मदन भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउनुभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले स्वतन्त्रता,समानता र सामाजिक न्याय स्थापित गर्ने कुरामा ठुलो सहयोग गरेको छ । ”

भक्तपुरको  खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक  प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण सञ्चालन हुनेछ ।  




 

सम्बन्धित