NP EN

प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

काठमाडौं, ६ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।’’

सम्बन्धित