NP EN

गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुन्छ : प्रम ओली

काठमाडौँ, ३ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हँुदा अनुशासनहीनता बढ्ने बताउनुभएको छ । राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गर्नुभयो । 

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताउनुभयो । (रासस)
 

 

सम्बन्धित