NP EN

प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेटवार्ता

काठमाडौं १३ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेश मन्त्री वाङ वाजुनले आज भेटघाट गर्नुभएको छ । भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । “हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो  । यस नीतिलाई हामी आघात पर्न दिदैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा  चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताउनुभएको । “सन् २०१६को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी भूपरिवेष्टित देश  भएकोले यो सन्धी मार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।”


प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ । “हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजन्ीतिक भ्रमण हुनु पनि आवश्यक छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “चीनका राष्ट्रपति  र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न अतुर छौं । ”

उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभएको छ । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताउनुभएको छ । “सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ ” वाङले भन्नुभयो ।
 

सम्बन्धित