NP EN

गलत उद्धेश्यबाट निर्देशित पैसा भित्रन दिइँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित  पैसा देशमा  भित्रन नदिइने बताउनुभएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नु पर्ने प्रधानमन्त्रीको धारणा छ । “गलत उद्धेश्यका साथ गलत च्यानलबाट डलर,युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल भित्रने पैसा बैंक मार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरियतालाई पनि ख््याल गर्नु पर्ने बताउनुभएको छ । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । 



देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “ अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले दुई संगठनको एकिकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एसोसिएसन नेपाललाई बधाइ समेत दिनुभयो । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विस्वास व्यक्त गर्नुभयो ।
संगनठले शम्भूबहादुर श्रेष्ठ संयोजक र हरिराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिती गठन गरेको छ ।
 

सम्बन्धित