NP EN

कर्मचारीमा जनताका सेवक हौं भन्ने भावना हुनपर्छ : प्रधानमन्त्री ओली

ललितपुृर, १० साउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताउनुभएको छ ।

प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अकिृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्ती ओलीले सो कुरा बताउनुभएको हो । 

नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिनु भएको छ । “तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर अब वास्तविक परीक्षमा सहभागी हुदैहुनुहुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ, पादर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।”



प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गर्नुभएको छ । “देश भनेको हिमाल पहाड र तराइ मात्र होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशभित्र समाज छ,विभिन्न जातजाती छन् । धर्म संस्कृति छन् । ति सबै कुराको जानकारी राख्नु पर्दछ ।”

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब  गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।”

देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “तपाईंहरु नयाँ परिस्थितीमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ । ”

सम्बन्धित