NP EN

सानातिना समस्या सहजै हल हुन्छन् : प्रम ओली

काठमाडौं , ७ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ ।
 
छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
  प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताउनुभयो । “ म कुनै पनि काम पर्दा पछाडि गर्दिन” प्रधानमन्त्री ओलीले भन्ुनभयो “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”
  समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 कार्यक्रममा ३६ औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल,बषन्त क्षेत्री,संगिता प्रधान राना,मेलिना चाम्लिङ राई पुरस्कृत हुनु भएके छ । यसैगरी राजनराज शिवाकोटी,शान्ती ठटाल,शिवशंकर थापा र कोमल वली पनि सम्मानित हुनु भएको छ ।

सम्बन्धित