NP EN

प्रधानमन्त्री ओलीद्वारा नेता आलमलाई श्रद्धान्जली

     काठमाडौं ३० असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा पूर्व राज्य मन्त्री मो.मुस्ताक आलमलाई श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
 आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर प्रधानमन्त्री ओलीले आलमको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली लिनु भएको छ । प्रधानमन्त्री ओलीले आलमको निधनबाट शोकाकुल परिवारजन र पार्टीका नेता कार्यकर्ताहरुप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
आलमको शव बिहान ८ बजे देखि १० बजेसम्म पार्टी कार्यलय धुम्बाराहीमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको छ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल नेता वामदेव गौतम,महासचिव बिष्णु पौडेल लगायतले आलमप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

सम्बन्धित