NP EN

एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध हुदैन : प्रम ओली

काठमाडौं, असार २९, प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनु हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।”

प्रधानमन्त्री ओलीले देश विकासका कुरा,जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताउनुभएको छ । “हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



साँसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताउनुभएको छ । “साउन भित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।” सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याउनुभयो ।  सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

साँसदहरु कृष्ण्भुक्त पोख्रेल,रामनारायण विडारी,पार्वत गुरुङ,बिरोध खतिवडा,महेश बस्नेत,कृष्णरज दाहाल,अन्जना बिशंखे,,बिमला पौडेल राई,सुजिता शाक्य,कृष्ण राई,हित बहादुर तामाङ,गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक बिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
 

सम्बन्धित